सुनको मूल्य फेरि बढ्यो, तोलाको ३ लाख नाघ्यो
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८६ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।