सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ९ सय रुपैयाँले सस्तियो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ९ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला ३ लाख १०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।