रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो।
बैठकमा कांग्रेस सभापति गगन थापा, नेकपा सहसंयोजक माधवकुमार नेपाल, एमाले नेता पद्मा अर्याललगायत सहभागी छन्।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि लामिछानेले यसअघि पनि दुई पटक सर्वदलीय बैठक बोलाइसकेका छन्।