मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप
नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार जारी गरेको प्रेस नोटमार्फत आपूर्ति व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार चुकेको दाबी गरेका हुन्।
उनले ग्यासको सहज आपूर्ति गर्न नसक्दा नागरिकले सास्ती भोग्नुपरेको बताएका छन्। साथै, सरकार आफ्नो कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति र सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काममा लागेको एमालेको आरोप छ।
एमालेले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री तथा त्यसमा संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनीसमेत दिएको छ।