सर्वोच्च अदालतको मुद्दा फाँटमा विद्युत् सर्ट भएर आगलागी
सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ। आगलागीबाट फाँटमा रहेका टेबल, कुर्सी र तीन वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार आगलागीबाट महत्वपूर्ण मिसिल तथा फाइलहरू भने सुरक्षित छन्। ढोका बन्द रहेको अवस्थामा आगलागी भएकाले कार्यालय खुलेपछि मात्रै घटनाबारे जानकारी भएको उनले बताए।
यसअघि २०८२ भदौ २४ गतेको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गर्दै आएको छ। हाल निर्माणाधीन भवनको एक भागबाट इजलास र प्रशासनिक काम सञ्चालन भइरहेको छ।