मुगुमा लगातार दुई पटक भूकम्प
मुगुमा बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई आसपास केन्द्रबिन्दु भएर बिहान १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसैगरी बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
यसअघि भदौ २६ गते जाजरकोटको कालसेनी आसपास ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।