बाढी प्रभावित क्षेत्रमा चीनले नेपाललाई दुई बेलिब्रिज हस्तान्तरण गर्यो
चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई १०० मिटर लम्बाइका दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण गरेको छ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको आग्रहअनुसार चीनले बेलिब्रिज उपलब्ध गराएको हो। हस्तान्तरण कार्यक्रममा नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ जिबिङले प्रमाणपत्र आदानप्रदान गरेका थिए।
बेलिब्रिजका सामग्री माथिल्लो मुस्ताङको कोरला सीमा बिन्दुमा पुगिसकेका छन्। पुल जडानका लागि चीनले प्राविधिक जनशक्तिसमेत उपलब्ध गराएको जनाएको छ।