पटाबारीमा पहिरो खस्दा काठमाडौं–नुवाकोट सडक अवरुद्ध
काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३ पटाबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि दर्जनौँ सवारीसाधन बाटोमै रोकिएका छन्। नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै अलपत्र परेका छन्।
ठूलो पहिरो भएकाले स्काभेटर प्रयोग गरी पन्छाउने काम भइरहेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्न सक्ने सुरक्षाकर्मीले बताएका छन्।