दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए
नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ।
शुक्रबार बिहान आयोजनाका दुई कर्मचारीलाई जीवितै उद्धार गरेपछि पनि सुरुङभित्र खोजी तथा उद्धार कार्य जारी राखिएको थियो। उद्धार टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै चिनियाँ तथा अमेरिकी विज्ञसमेत सहभागी छन्।
यसैबीच, रसुवाका बाढी प्रभावित क्षेत्रमा मौसम प्रतिकूल रहे पनि हेलिकप्टरमार्फत खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरणलाई तीव्रता दिइएको छ।