सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको सुन २ लाख ९७ हजार २०० रुपैयाँ
काठमाडौं — स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो।
महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ। व्यवसायीहरूका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिअनुसार मूल्यमा थप उतारचढाव हुन सक्नेछ।