भोटेकोशी बाढीका मृतक परिवारलाई नीलकण्ठले ४० हजार दिने
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार रुपैयाँ राहत उपलब्ध गराउन थालेको छ।
नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त तथा परिवारजनको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिरहेका छन्। प्रारम्भिक विवरणअनुसार भोटेकोशी बाढीमा नीलकण्ठ नगरपालिकाका ३८ जना नागरिक प्रभावित भएका छन्। तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन आफन्त जीवित भेटिने सम्भावना न्यून देखिएपछि केही परिवारले अन्तिम काजकिरियासमेत सुरु गरेका छन्। बेपत्ता नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ।