अन्तिम समयमा गोल गर्दै ब्राजिलले कोलम्बियालाई हरायो
कोपा अमेरिका फुटबल प्रतियोगितामा साविक विजेता ब्राजिलले अन्तिम समयमा गोल गर्दै लगातार तेस्रो जित हात पारेको छ।
अन्तिम ८ मा स्थान पक्का गरिसकेको ब्राजिलले कोलम्बियामाथि २-१ को रोमाञ्चक जित हात पारेको हो।
बिहीबार विहान सकिएको खेलमा अग्रता भने कोलम्बियाले लिएको थियो। कोलम्बियाका लागि एल डियासले दशौं मिनेटमा गोल गरे। उनले कुएडार्डोले दिएको क्रसमा उनले गोल गरेका थिए।
घरेलु टिम ब्राजिलले बराबरी गोल फर्काउन ७८ मिनेटसम्म कुर्नु पर्यो। ब्राजिलका लागि ७८ मिनेटमा फिर्मिनोले रेनान लोडीको क्रसमा गोल गरेका थिए। ब्राजिलले दोस्रो हाफको इन्जुरी टाइमको दशौं मिनेटमा दोस्रो गोल गर्दै रोमाञ्चक जित दर्ता गरायो। ब्राजिलका लागि कासेमिरोले गोल गरे।
नेइमारले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन्।