सुनसरीमा चट्याङ लागेर २६ वर्षीय युवकको मृत्यु
सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलका एक युवकको चट्याङ लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा २६ वर्षीय पप्पु यादव रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाका अनुसार आज बिहान भैँसी चराउन गएका बेला पानीसँगै परेको चट्याङ लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो।
यादवको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।