बाढी प्रभावितका लागि राष्ट्र बैंकबाट एक करोड ३८ लाख सहयोग
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारका लागि नेपाल राष्ट्र बैंकले सहयोग गरेको छ । राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले १ करोड ३८ लाखभन्दा बढी रकम राहत कोषमा जम्मा गरेका हुन् ।
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा करारसमेतका सम्पूर्ण कर्मचारीहरूका तर्फबाट कुल एक करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको बैंकले जनाएको छ ।