प्रधानसेनापति सिग्देल ‘बेइजिङ स्याङसङ फोरम’मा सहभागी हुन चीन प्रस्थान
प्रधान सेनापति अशोकराज सिग्देल ‘तेह्रौँ बेइजिङ स्याङसङ फोरम’मा सहभागी हुन आज चीनको बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।
सिग्देलको चीन भ्रमणबाट नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।