सुर्खेतबाट सम्पर्कविहीन भएकी महिलाको बर्दियामा शव फेला
सुर्खेतबाट सम्पर्कविहीन भएकी महिलाको बर्दियामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीकी २७ वर्षीया उमा ज्ञवाली न्यौपाने भदौ २५ गते परिवारबाट सम्पर्कविहीन बनेकी थिइन्।
भदौ २६ गते बर्दियाको ग्रुपमा गाउँपालिका–६, सोनाहफाँटको मनाउदेखि टपरा जाने सिँचाइ कुलोमा उनको शव भेटिएको थियो।
इलाका प्रहरी कार्यालय पाताभार बर्दियाले भेटिएको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाएको थियो ।
परिवारका सदस्यले गए राति गुलरिया पुगेर शवको पहिचान गरेको बोहोराले बताए।उनका अनुसार, उमाको मानसिक अवस्था ठिक थिएन।