हाम्रो पात्रो प्रयोगकर्ताबाट राहत कोषमा १ करोड २५ लाख सहयोग
हाम्रो पात्रोका प्रयोगकर्ताले विपद् प्रभावित परिवार तथा समुदायको राहत, पुनरुत्थान र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
हाम्रो पात्रो समुदायका तर्फबाट उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। विदेशमा रहेका नेपालीलाई राहत अभियानमा सहभागी हुन सहज बनाउने उद्देश्यले हाम्रो पात्रोले अभियान सञ्चालन गरेको जनाएको छ।
हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतीले उक्त रकम प्रयोगकर्ताहरूको सामूहिक योगदान भएको बताएका छन्। अभियानमा कुनै सेवा शुल्क नलिइएकाले सहयोग रकम पूर्ण रूपमा राहत कोषमा पुगेको जनाइएको छ।