जलवायु न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन
राष्ट्रिय जेनजी नागरिक अभियानले काठमाडौँमा जलवायु न्यायको माग गर्दै प्रदर्शन गरेको छ। बिहीबार माइतीघर मण्डलामा भेला भएर प्लेकार्डसहित अभियानमा संलग्नहरूले जलवायु न्यायको लागि प्रदर्शन गरेका हुन्।
जलवायु परिवर्तनको मारमा नेपाल परेको भन्दै उनीहरूले क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका हुन्।गत भदाै १० गते चीनकाे तिब्बत हुँदै नेपालमा विनाशकारी बाढी आएकाे थियाे।