बाढीपीडितका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानबाट एक लाख ११ हजार सहयोग
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।
प्रतिष्ठानले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार १११ सहयोग गरेको जनाएको छ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले विपद्का बेला पीडितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको बताए।
‘भोटेकोशीमा आएको महाविनाशकारी बाढीले मच्चाएको वितण्डाले देश रोइरहेका बेला घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान हार्दिक समवेदना प्रकट गर्दछ,’ कुलपति नेपालले भने।
उनका अनुसार प्रतिष्ठानले राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले र१ लाख ११ हजार १११ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।
0