प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री दाहालले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेश गर्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे बैठक बस्ने भएको हो । सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेश गर्ने सम्भावित कार्यसूची रहेको हो ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।
यसैगरी, प्रधानमन्त्री दाहालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको हो ।