सुनको मूल्य बढ्यो, चाँदी सस्तो भयो
काठमाडौं — स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको व्यवसायीहरू बताउँछन्।