आईसीसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकालाई २ विकेटले पराजित गर्दै बंगलादेश विजयी
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशसँग श्रीलंका २ विकेटले पराजित भएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको हो । १ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशको जितका लागि तौहिद हृदोयले २० बलमा १ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ४० रनको बनाएका छन् ।
विकेटकिपर लिट्टन दासले २ चौका र १ छक्काको मद्दतले ३८ बलमा ३६ रन बनाएका थिए । रिसाद होसेन र मुस्तफिजुर रहमानले ३-३ विकेट लिएका छन् । त्यस्तै, तास्किन अहमदले २ विकेट लिएका हुन् । श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले २८ बलमा ७ चौका र १ छक्काको मद्दतले ४७ रनको बनाएका थिए ।
त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाएका हुन् । चरिथ अशलंकाले २१ बलमा १९ रन बनाएका थिए । भेटरान खेलाडी एन्जेलो म्याथुजले १६ र कुशल मेन्डिसले १० रन बनाएका हुन् ।