ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा
मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ।
पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको ५१ र बसिर अहमदको ४७ रनको मद्दतमा १४७ रन बनाएको थियो। जबाफी ब्याटिङमा ओमान नेपाली स्पिनसामु टिक्न नसक्दा २८.१ ओभरमै ६० रनमा समेटियो।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिए।जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनोट भएको छ। अब नेपालले उपाधिका लागि शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ जित हात पारे नेपाल एसिया कपमा छनोट हुनेछ।