आईपीएलमा गुजरात र कोलकताबीच आज प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति गुजरात टाइटन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोही खेल सोमबार राति पौने ८ बजे गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा हुने भएको हो । गुजरात टाइटन्स शुभमन गिल र कोलकता श्रेयस अय्यरको कप्तानीमा खेल्ले भएका छन् ।
यी दुई टोलीबीच अहिलेसम्म ३ खेल भइसकेका हुन् । २ मा गुजरात र १ मा कोलकता विजयी भएको थियो । तर यो सिजनमा भने पहिलो पटक आमने-सामने हुने भएका छन् ।
जारी लिगमा कोलकताले १२ खेलमध्ये ९ मा जित र ३ मा हार बोहोर्दै १८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको हो । कोलकता प्लेअफमा पुगिसकेको छ । यता, ५ खेलमा जित र ७ मा हार बेहोरेको गुजरात १० अंकसहित आठौं स्थानमा रहेको हो ।