टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित
काठमाडौं । अमेरिकाले बंगलादेशलाई लगातार २ खेलमा पराजित गरेको छ ।
बिहीबार राति सम्पन्न भएको टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले पराजित गरेको हो । अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १ सय ३८ रन बनाएर अल आउट भएको छ ।
यस अघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।
लगातार २ खेल जितेपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल यहि जेठ १२ गते शनिबार हुने भएको हो ।