विरामी परेको अर्थतन्त्र उकास्न राष्ट्रिय सहमति आवश्यक : सांसद केसी
नेपालीकाँग्रेसका सांसद अर्जुन नरसिंह केसीले विरामी परेको अर्थतन्त्रउकास्न राष्ट्रिय सहमतिआवश्यकभएको बताएका छन् ।
प्रतिनिधिसभामाआर्थिक वर्ष २०८० ८१ को राजस्व र वार्षिक व्यायको वार्षिक अनुमानमाथिको छलछफलमा सहभागीहुँदै सांसद केसीले अहिले देखिएको संकटको समाधान गर्ने जिम्मा संसदको नै रहेको बताए ।
उनले भने ‘ विरामी अर्थतन्त्रको बिचमा छौं । यसको लागि राष्ट्रिय सहमतिको आवश्यकता छ । आमरुपबाट हामीमाभएको विश्वासको संकट,प्रतिवद्धताको संकट र चरित्रको संकटले गर्दा हामी यस्तो अवस्थामा छौं । यसलाई गम्भीर रुपले यसको बारेमा नसोच्ने हो भने यस्तो टालटुले पाराले गरेर हुँदैन् । अहिले जुनखालको राष्ट्रिय संकट र अन्तराष्ट्रिय परिवेश छ । यसलाई समाधान गर्नुपर्छ । ’
सांसद केसीले संसदमा रेकर्ड भएको विषय जसरी मेटाउन थालिएको छ त्यस्ले संसदीय परम्परामाप्रभावपार्ने बताए । उनले बोलेको कुरा कसैले फिर्ता लिए ठीक मानिएपनिदबाब र सहमतिको नाममा संसदको रेकर्डबाट हटाउने कार्य हुनु गलत परम्परा भएको बताए ।
उनले भने ‘ संसदभित्रको सत्ता गठकन्धन प्रमुखप्रतिपक्ष र अरु प्रतिपक्षमिलेर सरकार परिवर्तन गर्न सक्छ,संविधान परिवर्तन गर्न सक्छ तर ति सबै मिलेर पनि संविधानतोडन सक्दैनन् र यहि नै विधिको शासनहो भन्ने मेरो विश्वास छ । संविधानतोड्न सकिदैन् । सहमतिले संविधान परिवर्तन हुन सक्छ सरकार परिवर्तन हुन सक्छ तर सहमतिले संविधानतोड्न पाईदैन् है । अहिले जुन ढंगले संसदको रेकर्ड हटाउन थालिएको छ । ठीक छ, सम्बन्धितमाननीय स्वयंलेफिर्ता लिनु भयो भने हामीलाई आपत्ति छैन् । तर संसदमाजसरी फिर्ता लिने कामभएको छ तर मैले संसार भरिको अभ्यास र ३५ ४० वर्षको अनुभवमा यस्तो कुरा पाएको छैन् । अब के संसमा कुनै अनिमयतता र भ्रष्टाचारको कुरा गर्न नहुने हो ?तत्कालीन समयमा यस्तो भएको छ भन्ननपाईने हो ?’