मेसी र नेमार कोपाको बेस्ट प्लेअर
अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् ।
दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो ।
अर्जेन्टिनालाई २८ वर्षपछि ठूलो उपाधि दिलाउन मेसीले यस पटक उत्कृष्ट प्रदर्शन गरे ।