पाराग्वेमाथि अर्जेन्टिनाको जित
कोपा अमेरिकामा अर्जेन्टिनाले दोस्रो जित हात पारेको छ। मंगलबार विहान सकिएको समूह 'ए' को खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले पराजित गर्यो।
अर्जेन्टिनाको जितमा अलेजान्द्रो गोमेजले गरेको गोल निर्णायक बन्यो। उनले खेलको दशौं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
एन्जल डि मारियाले दिएको पासमा गोमेजले गोल गर्न सफल भएका हुन्। अर्जेन्टिनाको जितमा अलेजान्द्रो गोमेजले गरेको गोल निर्णायक बन्यो। उनले खेलको दशौं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
एन्जल डि मारियाले दिएको पासमा गोमेजले गोल गर्न सफल भएका हुन्।
दोस्रो स्थानको चिलीको ५ अंक छ। पाराग्वे ३ अंक जोड्दै तेस्रो स्थानमा छ भने चौथो स्थानको उरुग्वेले १ अंक मात्र जड्न सकेको छ। पुछारको बोलिभियाले दुई खेलमा हार बोहेर्दा अंकको खाता खेल्न सकेको छैन।
चिलीले मंगलबार विहान सकिएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरी खेल्यो। अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग बराबरी खेल्दा दोस्रो खेलमा उरुग्वेलाई पराजित गरेको थियो।