जोकोभिच नवौं पटक अस्ट्रेलियन ओपनको फाइनलमा
सर्बियाली स्टार नोभाक जोकोभिच बिहीबार नवौं पल्ट अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् । यसका लागि उनले पहिलो सेमिफाइनलमा रुसका क्वालिफायर एस्लान कारट्सेभलाई ६–३, ६–४ र ६–२ ले पराजित गरेका छन् ।
सजिलो जित निकाल्ने क्रममा जोकोभिच २८ औं पल्ट ग्रान्ड स्लाम फाइनल पनि पुगेका छन् । हारसँगै कारट्सेभको प्रतियोगितामा अविश्वसनीय यात्रामा पनि पूर्ण विराम लागेको छ ।
उनी १ सय १४ औं वरीयताका खेलाडी हुन् । अब आइतबार हुने फाइनलमा जोकोभिचले डानिएल मेडभेडेभ अथवा स्टेफानोस सिटसिपासको सामना गर्नेछन् । दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ ।