ठमेलमा युवतीमाथि दुर्व्यवहारको आरोपमा शालीन शाह पक्राउ
काठमाडौंको ठमेलमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। प्रहरीले शाहलाई कलङ्कीबाट नियन्त्रणमा लिएको जनाएको छ।
पीडित युवतीले आफूमाथि ठमेलमा दुर्व्यवहार भएको घटना सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। खोजीका क्रममा शाह पक्राउ परेका हुन्।
पक्राउ परेका शाहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।