भोटेकोशी बाढीका २४४ शव शिक्षण अस्पतालमा
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ल्याइएका शवमध्ये १६१ वटा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ भने २४ शवको पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।
हाल ५९ शव अस्पतालमै रहेका छन्। केही शवको पोस्टमार्टम हुन बाँकी रहेकाले प्रक्रिया पूरा भएपछि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।