म्याग्दीमा हजुरआमाको हत्या आरोपमा नाती पक्राउ
म्याग्दीको बेनी नगरपालिका–२, खबरामा ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा २६ वर्षीय **आशिष बरुवाल**ले धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारपछि बरुवाल घटनास्थलबाट फरार भएका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक **सागर तिमिल्सिना**को कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा प्रहरीले बरुवाललाई बेनी नगरपालिका–२ स्थित **हाडेभिरबाट भाग्दै गरेको अवस्थामा** नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन तथा घटनाको कारणबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।