एप्पलले सार्वजनिक गर्यो आईफोन १८ प्रो र प्रो म्याक्स
एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जन टर्नसले आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स सार्वजनिक गरेका छन्। एप्पलको नयाँ प्रो सिरिजमा एआई सुविधासहितको सुधारिएको सिरी, नयाँ क्यामेरा प्रणाली, थप ब्याट्री क्षमता तथा नयाँ ए२० प्रो चिप समावेश गरिएको छ।
नयाँ आईफोन प्रो मोडलहरूमा ४८ मेगापिक्सेलको भेरिएबल–अपर्चर मुख्य क्यामेरा राखिएको छ। फोनको डिजाइनमा सामान्य परिवर्तन भए पनि क्यामेरा, कार्यक्षमता र ब्याट्रीमा उल्लेख्य सुधार गरिएको एप्पलले जनाएको छ।
आईफोन १८ प्रोको सुरुवाती मूल्य १ हजार १९९ अमेरिकी डलर र प्रो म्याक्सको १ हजार २९९ डलर तोकिएको छ। यो अघिल्लो पुस्ताको तुलनामा दुवै मोडलमा १०० डलर महँगो हो।