प्रधानमन्त्री बालेनले आज संसद्मा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने जानकारी सचिवालयलाई गराएको हो।
गत बुधबार भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको थियो। बाढीबाट भएको क्षति, उद्धार तथा सरकारले अघि बढाएका कामबारे प्रधानमन्त्री बालेनले प्रतिनिधि सभालाई जानकारी गराउने भएका हुन्।