सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ८ हजार ८ सय रुपैयाँ घट्यो
काठमाडौं — स्थानीय बजारमा बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदी बुधबार १८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बुधबारको मूल्यअनुसार सुन र चाँदी दुवैको बजारभाउमा उल्लेख्य गिरावट देखिएको हो।