हरि ढकालले रास्वपाको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढका ले पार्टीको सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीको बन्दसत्र सुरु हुनुअघि उनले सहमहामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। यसअघि उनी रास्वपाको केन्द्रीय सदस्यका रूपमा रहेका थिए।
सहमहामन्त्री पदका लागि यसअघि रमेश प्रसाईँ र यज्ञमणि न्यौपाने लगायतका नेताले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।
पार्टीको महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा रोचक बन्ने अपेक्षा गरिएको छ।