रास्वपाको सहमहामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा
यज्ञमणि न्यौपाने ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। पार्टी स्थापनाकालदेखि कानुनी तथा न्यायिक क्षेत्रमा सक्रिय रहेका उनले आगामी नेतृत्व चयन प्रक्रियालाई लक्षित गर्दै उम्मेदवारी सार्वजनिक गरेका हुन्।
रास्वपाको विधानअनुसार तीन सहमहामन्त्री निर्वाचनमार्फत चयन हुनेछन् भने कम्तीमा एक पदमा महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ।