राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन बन्दसत्र आज
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ। प्रतिनिधि परिचयपत्र वितरण बिहान ७ बजेदेखि सुरु गरिएको छ। प्राविधिक कारणले एक दिन ढिलाइ भएको बन्दसत्र पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने बताइएको छ।
बन्दसत्रमा अनुशासन, आर्थिक, संगठनात्मक र विधानसम्बन्धी प्रतिवेदनमाथि छलफल र अनुमोदन गरिनेछ। त्यसपछि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन प्रस्तुत भई पार्टीको आगामी संरचना र निर्वाचन प्रक्रियाबारे निर्णय हुने कार्यक्रम छ।