रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो १ बजेदेखि, तयारीबिना डाकिएको भन्दै प्रतिनिधि आक्रोशित
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्र प्रतिनिधि विवाद समाधान भएपछि आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ। प्रतिनिधिहरूलाई परिचयपत्र वितरण जारी रहेको र व्यवस्थापनसम्बन्धी समस्या समाधान भइसकेको पार्टी नेताहरूले बताएका छन्।
महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्। व्यवस्थापन कमजोरीका कारण बन्दसत्र एक दिन ढिलाइ भएको भन्दै केही प्रतिनिधिले असन्तुष्टि जनाएका छन्। रास्वपाले आज बेलुकैदेखि निर्वाचनका पदहरूमा मतदान प्रक्रिया सुरु हुन सक्ने जनाएको छ।