हङकङमा अल्ट्रा ट्रेल रनिङ प्रतियोगिता सम्पन्न, नेपालका सन्तोष तामाङ दोस्रो
हङकङ — नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ को आयोजनामा ताइमोसन कन्ट्री पार्कमा अल्ट्रा ट्रेल रनिङ प्रतियोगिता सम्पन्न भएको छ।
विभिन्न देशका १७६ जना धावकहरूको सहभागिता रहेको प्रतियोगितामा ५० किलोमिटर र १२ किलोमिटर दूरीमा प्रतिस्पर्धा गरिएको थियो।
५० किलोमिटर पुरुषतर्फ हङकङ–चीनका हङ ताम पहिलो भए भने नेपालका सन्तोष तामाङ दोस्रो र बेलायतका तमी युङ तेस्रो भए। महिलातर्फ बेलायतकी हङ क्यु ल्योङ पहिलो, चीनकी पाक ई मङ दोस्रो र भारतकी जुलीयामित लेप्चा तेस्रो भइन्।
१२ किलोमिटर पुरुषतर्फ बेलायतका म्याथ्यू क्यारी पहिलो, हङकङका यू जेस्पर याम दोस्रो र फ्रान्सका जर्म डी क्यालेरन्स तेस्रो भए। महिलातर्फ हङकङकी सीउ साङ सान लाउ पहिलो, फिलिपिन्सकी इलाने एप्सटोल दोस्रो र हङकङकी जेसी याहु तेस्रो भइन्।
प्रतियोगिताको उद्घाटन विन्देश्वर प्रसाद लेखक ले गरेका थिए। आयोजकले सहभागीहरूलाई नगद, ट्रफी र अन्य सुविधा प्रदान गरेको थियो।