एनपीएल फाइनल: सुदूरपश्चिम अलआउट, लुम्बिनीको बलिङ धमाका
काठमाडौं । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा मात्र ८५ रनमा अलआउट भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट गुमाएको हो। ओपनिङ खेलेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। चौथो विकेटका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेको २५ रनको साझेदारी रहेको थियो। कप्तान दीपेन्द्रले १३ रनमा १ छक्का प्रहार गरे भने हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडे।
लुम्बिनीका कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए। रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिएर ह्याट्रिक पूरा गरे। उनले दीपेन्द्र, दिपक बोहरा र पुनित मेहरा आउट गरे। रोहितले ४ ओभरमा १२ रन खर्चे।
रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिए भने शेरले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पार्दा, तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका छन्।
यसरी सुदूरपश्चिमको कमजोर ब्याटिङ प्रदर्शनपछि लुम्बिनी विजयी हुने आधार तयार भएको छ।