एनपीएल उत्कृष्ट नेपाली खेलाडी बनेका रोहित पौडेललाई कार पुरस्कार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजनमा उत्कृष्ट नेपाली खेलाडी बनेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाएका छन्।
आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेसँगै रोहितले यो सम्मान प्राप्त गरेका हुन्। यस सिजन रोहितले २७४ रन बनाउनुका साथै १० विकेट लिएका छन्। फाइनल खेलमा उनले ह्याट्रिक विकेटसमेत लिएका थिए।
रोहित नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा रहँदै समग्रमा दोस्रो स्थानमा रहे भने विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौँ स्थानमा रहेका थिए। उत्कृष्ट अलराउन्ड प्रदर्शनका आधारमा उनी एनपीएलको उत्कृष्ट नेपाली खेलाडी घोषित भएका हुन्।