आईसीसी टी-२० विश्वकप क्रिकेटमा क्यानाडा र आयरल्याण्डबीचको खेल जारी
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अहिले क्यानाडा र आयरल्याण्डबीचको खेल भइरहेको छ ।
न्यूयोर्कमा शुक्रबार राति सवाँ ८ बजेदेखि शुरु भएको हो । क्यानाडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानाडा अमेरिकासँग पराजित भएको थियो । आयरल्याण्ड भने भारतसँग पराजित भएको हो।
दुवै देशबीच अहिलेसम्म ४ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २-२ खेल जितेका हुन् । सुपर ८ मा पुग्न दुवै देशका लागि सोही खेलको जित महत्वपूर्ण रहेको छ ।