आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज ओमान-अस्ट्रेलिया, युवान्डा र पिएनजीबीचको खेल जारी
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बिहीबार २ वटा खेल जारी छ।
बिहीबार बिहान सवाँ ६ बजेदेखि शुरु भएको खेलमा टस जितेर ओमानले फिल्ड रोजेपछि अस्ट्रेलियाले शुरुमा ब्याटिङ गरिरहेको हो । समूह ‘बी’ मा रहेको अस्ट्रेलिया पहिलो खेल खेलिरहेको छ ।
पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान पहिलो जितको खोजीमा रहेको हो। बिहान बिहान सवाँ ५ बजेदेखि शुरु भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युगान्डाविरुद्ध ब्याटिङ गरिरहेको हो। टस जितेर शुरुमा फिल्डिङ रोजेको युगान्डाले सातौं ओभरको समाप्तिमा पिएनजीको ४ विकेट लिइसकेको छ।
समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा रहेका हुन्। यसअघि युवान्डा अफगानिस्तानसँग पहिलो खेलमा १ सय २५ रनले पराजित भएको थियो । पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले पराजित भएको हो ।