कोपा अमेरिका फुटबलमा क्यानाडासँग पेरू पराजित, अर्जेन्टिना र चिलीबीचको खेल जारी
काठमाडौं । कोपा अमेरिका फुटबलमा क्यानाडाले पेरुलाई पराजित गरेको छ ।
बुधबार बिहान सम्पन्न भएको खेलमा क्यानाडासँग पेरु १ सय ९० गोलले पराजित भएको हो । क्यानाडाले पेरुलाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
खेलको ५९औं मिनेटमा पेरुका मेरुयल अग्युरोले रेडकार्ड पाएपछि १० पेरु खेलाडीमा झरेको हो। क्यानाडाले खेलको ७४औं मिनेटमा जोनाथन डेभिडले गरेको गोल निर्णायक बन्यो ।
त्यस्तै, अर्जेन्टिना र चिलीबीचको खेल अहिले भइरहेको छ । नेपाली समय अनुसार खेल बुधबार बिहान पौने ७ बजेदेखि शुरू भएको हो ।