आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डको ऐतिहासिक जित, 'सुपर ८ ' मा पुग्ने सम्भावना जीवित्तै
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले 'सुपर ८ ' मा पुग्ने सम्भावना जीवित्तै राखेको छ।
शुक्रबार बिहान सम्पन्न भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३.१ ओभरमा भेट्टाएको हो। विश्वकप इतिहासमा यो ऐतिहासिक जित हो। ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि कप्तान जोस बट्लरले नटआउट ८ बलमा ४ चौका र एक छक्काको मद्दतमा २४ रन बनाएका छन्।
समूह ‘सी’मा रहेको इंग्ल्याण्डको यो पहिलो जित हो। नेट रनरेट राम्रो बनाएको उसले यो जितसँगै ३ अंक जोडेको छ। सुपर ८ मा पुग्न अब इंग्ल्यान्डले अर्को एक खेलमा नामिबियालाई पराजित गरेर मात्र हुँदैन ५ अंकसहित दोस्रो स्थानमा रहेको स्कटल्याण्ड सुपर ८ पुगिसकेको शीर्ष स्थानको अस्ट्रेलियासँग पराजित हुनुपर्छ।
तेस्रो स्थानमा रहेको नामिबियाले ३ खेल खेल्दा २ अंक जोडेको हो। समूह चरणको अन्तिम खेल खेलेको ओमान बिना अंक विश्वकपबाट बाहिरिएको छ।