आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज भारत र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार राति एक खेल हुने भएको छ।
बुधबार समूह 'ए' अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो। न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने सोही खेल बुधबार राति सवाँ ८ बजेदेखि शुरु हुने भएको छ।
यस विश्वकपमा दुवैको यो पहिलो खेल हो। टी–२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन। अहिलेसम्म दुवैबीच ७ खेल भएको हो । जसमा सबै खेल भारतले जितेको छ।
समूह 'ए' मा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानाडालाई पराजित गरेको हो।