आईसीसी टी-२० विश्वकप क्रिकेटमा नामिविया र ओमानबीचको खेल जारी
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा अहिले नामिबिया र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ ।
नामिबियाले केन्सिङ्टन ओवल र बार्बाडोस मैदानमा टस जितेर शुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै ओमानले पहिला ब्याटिङ गरेको हो। विश्वकपमा २ वटा खेल सकिएका छन्।
पहिलो खेलमा आइतबार बिहान क्यानाडामाथि अमेरिकाले ७ विकेटको शानदार जित निकालेको थियो। पहिलो खेलमा टस जितेर शुरुमा फिल्ड रोजेको अमेरिकाले क्यानाडाले दिएको १ सय ९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाउँदै भेट्टाएको थियो।
दोस्रो खेलमा आइतबार राति वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित निकाल्दै विजयी शुरुवात गरेको छ। पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेटाएको हो।