पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किय पछि कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।
ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा सात जना भग्नावशेषमुनि फसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ताले बताए ।
उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको नजिकैको अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट लागुऔषध दुव्र्यसनीहरू प्रायः पर्खाल नजिकै भेला भई कथित रूपमा यसबाट फलामका रडहरू हटाउने प्रयास गरिरहेको कारण संरचनालाई कमजोर बनाएकाले घटना यो घटेको हुन सक्ने अनुमान गरेको छ ।