युरोकप फुटबलमा जर्जियासँग पोर्चुगल पराजित
काठमाडौं । युरोकप फुटबलमा पहिलो पटक खेलिरहेको जर्जियाले पोर्चुगललाई पराजित गरेको छ ।
समूह एफ अन्तर्गत गेलसेनकिर्चेनमा बुधबार राति भएको खेलमा जर्जियासँग पोर्चुगल २-० ले पराजित भएको हो । जर्जियाले पोर्चुगललाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । जर्जियाको जितका लागि दिलाउन केभिचा केभारात्खेलियाले खेलको दोस्रो मिनेटमै तथा जर्जेज मिकाउटाड्जेले ५७औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगल पराजित भएपनि ६ अंकका साथ समूह विजेता बन्यो । पोर्चुगलले यसअघि चेक रिपब्लिक र टर्किएलाई पराजित गरेको थियो । जर्जिया पहिलो खेलमा टर्किएसँग पराजित भएको थियो । दोस्रो खेलमा भने चेकसँग बराबरी खेलेको हो ।
३ खेलबाट ४ अंक जोड्दै तेस्रो भएको जरज्या तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टिममा पर्दै नकआउट चरणमा पुगेको हो ।